ठूलो वर्णमाला !

=

एकादेशमा,
महेन्द्रमाला पढ्ने जमानामा
आफ्नै पौरखले
महेन्द्रमाला फेरेर
नेपाली पढेर हुर्केको हुँ ।
---
पढ्नेहरूको अज्ञानताले
पढाउनेहरूको स्वार्थले
र,
सिध्दान्त स्खलित पाठशालाहरूले
नेपाली हुनुको सौन्दर्य खोसिलगे ।
---
अहिले,
झिनो मसिनो स्वरमा
महेन्द्रमाला पढ्ने कुरा चल्दै छ
थाहाछैन कुन दिनदेखि
ठूलो वर्णमाला नै पढौँ भन्ने हुन् ।
--
ईश्वरलाई पनि लाग्दो हो
यी अदना मान्छेहरू,
निष्प्राण बुख्याँचामा
प्राण माग्न किन उद्यत छन् ?
- --
फेरि,
ठूलो वर्णमाला पढेर
समय कसरी हुर्किन्छ ?