===

1) पढ्ने/पढाउने एउटा, जागिरका लागि सोध्ने कोर्स अर्को । कस्तो रमाइलो पो छ ।
2) आफैँले पढाएर गोल्डमेडल दिएका विद्यार्थी र अझ तिनै मेडलिष्ट विद्यार्थी पढाउने गुरूहरू फेल गर्ने / गराउने परीक्षा प्रणाली छ हाम्रोमा ।
3) ६/६ महिनामा विज्ञापन खुल्ने भन्या छ । महिना भनेको वर्ष हुन्छ प्राय । खुले पनि परीक्षा हुन्छ भन्ने विश्वास नै लाग्दैन । झुक्किएर कहिलेकाहीँ भैहाल्छ तर।
4) वर्तमान परीक्षा प्रणाली भन्छ, MPhill / PhD गर्नु भनेको सेवा प्रवेशको पहिलो लिखित परीक्षामा अनुत्तीर्ण हुने सम्भावना अधिक हुनु हो ।
5) साथीहरू जुन भर्याङ चढेर तला उक्लन्छन्, त्यो भर्याङ फालिहाल्छन् । सायद उनीहरूलाई कहिल्यै तल झर्नु छैन ।
7) झण्डै ३० वर्ष विना प्रमोशन यौटै पदमा काम गर्ने थुप्रै साथीहरू हुनुहुन्छ । अझ, २०/३० वर्षसम्म अस्थायी/करार/ आंशिक बस्दा कस्तो मानसिकता होला सेवाप्रति !
8 ) बेथेति छ हो जताततै । थिति कतै नभएको स्थिति । भद्रगोल छ देशमा ।
9) त्यसैले भनौँ, हाम्रो सेवा आयोग , जिन्दावाद ।